चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलिदेखि बालेनको युट्युब च्यानलमा

movie
Updates

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलिदेखि बालेनको युट्युब च्यानलमा

काठमाडौँ । सुशासन र नागरिक चेतनाको मुद्दालाई प्राथमिकता दिएर निर्माण गरिएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलि (बिहीबार)देखि डिजिटल प्लेटफर्ममा उपलब्ध हुने भएको छ । चलचित्रका निर्देशक अर्जुन घिमिरेले बालेन शाहको आधिकारिक युट्युब च्यानलमा बिहान १० बजेदेखि दर्शकमाझ आउने जानकारी दिए । निर्वाचनको माहोल र वर्तमान राजनीतिक सन्दर्भलाई मध्यनजर गर्दै युट्युबमा फिल्म रिलिज गर्न लागिएको उनको भनाइ छ ।

नागराज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, अर्जुन घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । अनिशा लिम्बुको मुख्य लगानी रहेको चलचित्रमा अनु थापा, पंकज खड्का, राम कार्की, श्रृजना खड्का र सुभाष शर्मा सह-लगानीकर्ताका रूपमा रहेका छन्। गणेश कार्की, विशाल घिमिरे र अर्जुन घिमिरेको पटकथा तथा संवाद रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । 

पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ २२:५७

स्रोतः टेकपाना डट कम

Leave your thought here

Your email address will not be published. Required fields are marked *

Alert: You are not allowed to copy content or view source !!